विश्व

उत्तर कोरिया सिमा नजिक अमेरिकन पनडुब्बी तैनाथ

इकागज |
असार २, २०८० शनिबार ८:५४ बजे

सिओल- अमेरिकाले उत्तर कोरिया सिमा नजिकै पनडुब्बी उतारेको छ । 

उत्तर कोरियाले अमेरिका-दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरे पछि अमेरिकाले पनि जवाफमा पनडुब्बी तैनाथ गरेको हो । 


अन्तराष्ट्रिय  समाचार संस्थाहरुका अनुसार अमेरिकाले गत शुक्रबार देखी दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी तैनाथ गरेको छ । 

त्यसको एक दिन अघि, उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको युद्ध अभ्यासको विरोधमा फेरि क्षेप्यास्त्र परीक्षण सुरु गरेको थियो ।

दक्षिण कोरियाली अधिकारीका अनुसार अब दुवै देशका नौसेनाले परिचालन क्षमता अभिवृद्धि गर्न अभ्यास गर्नेछन् ।


Author

थप समाचार
x