ग्रिस डुंगा दुर्घटनाः मृत्यु हुनेको संख्या ७८ पुग्दा ५ सय बढी अझै बेपत्ता
काठमाडौँ- ग्रिसमा भएको डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । अझै ५ सय भन्दा बढी मानिस बेपत्ता छन् ।
आप्रवासी बोकेको डुंगा गत बुधबार डुब्दा कम्तिमा पनि ७८ जनाको मृत्यु भएको तथा ५ सय भन्दा बढी मानिस हराइरहेको संयुक्त राष्ट्र संघले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
बेपत्ता हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको राष्ट्र संघका प्रवक्ता जेरेमी लौरेन्सले बताएका छन् । ग्रिसको दक्षिणी पायलसमा ७ सय ५० जना बोकेको माछा बोक्ने जहाज ५० नौटिकल माइल तल डुबेको बताइएको छ ।
ग्रिसका कार्यवाहक प्रधानमन्त्री इयोनिस सरमासले डुंग दुर्घटनाबारे छानविन गरिने तथा सत्यतथ्य बाहिर ल्याउने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया