अमेजन जंगलमा ४० दिनपछि फेला परेकाले भने- आमा चार दिनसम्म जिवितै हुनुहुन्थ्यो
कोलम्बिया- अमेजनको जङ्गलमा ४० दिनपछि उद्धार गरिएकी चार सन्तानकी आमा आफ्नो विमान दुर्घटनाको चार दिनसम्म पनि जीवित रहेको खुलेको छ ।
सो विमान दुर्घटना पछि घाइते भएकी आमाले प्राण त्याग्नु अघि आफना सन्तानलाई यसवाट सुरक्षित स्थानतर्फ जान र ठुली दिदीलाई भाई बहिनीहरुलाई सहयोग गर्न निर्देशन दिएको थिइन् ।
बीबीसीका अनुसार म्याग्डालेना मुकुटुईले आफ्ना छोराछोरीहरूलाई मद्दत खोज्न भनेकी थिइन्, किनभने उनको प्राण गइरहेको थियो ।
बालबालिकाका बुबा म्यानुएल रानोकले भने- ‘उनले जेठी छोरीले आमाले उनीहरूलाई दुर्घटनास्थलबाट बाहिर निस्कन र आफूलाई बचाउन आग्रह गरेकी रहिछन् ।’
अघिल्लो हप्ता १३, नौ, पाँच र एक वर्षका दाजुभाइको विमान दुर्घटना भएको ४० दिनमा फेला पारेपछि गत शुक्रबार उद्धार गरी हेलिकप्टरबाट जंगलबाट बाहिर निकालिएको थियो ।
उनीहरुलाई देशको राजधानी बोगोटाको सैनिक अस्पतालमा लगिएको छ । अमेजनको अनाकन्टार जंगलमा बिताएका ४० दिन बिताएका उनीहरूको उपचारपछि अहिले सामान्य अवस्थामा फर्किन थालेका छन् ।
‘एउटा कुरा, १३ वर्षीया लेस्लीले मलाई भनिन्, उनकी आमा चार दिनसम्म जीवित थिइन्, उनले आफनो सन्तानको हेरचाह गर्नुका साथै आफूलाई अस्पताल लैजान आफना छोराछोरीसँग भनेकी रहिछन्,’ रानोकले अस्पताल बाहिर पत्रकारहरूलाई भने, ‘तर अनाकण्टर जंगलमा रहेका बालबच्चाहरूले आफ्नो आमालाई बाहिर निकाल्न सक्ने अवस्था नै थिएन, उनको त्यही प्राण गएछ ।’
उनले आफ्नो प्राण त्याग्नुअघि आफ्ना सन्तानलाई भनेकी रहिछन्, ‘तिमीहरू यहाँबाट निस्क, घरमा तिमिहरूलाई बुबाले कुरिरहनु भएको छ, तिमीहरूको अवस्था कस्तो छ भनेर बुवाले उत्सुक भएर कुरिरहनु भएको छ, मैले गरेको माया अब यहाँसम्म मात्रै हो भनेर प्राण त्यागे छिन्’ उनले भावुक हुँदै भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया