‘रअ’ को प्रमुखमा रवि सिन्हा नियुक्त
काठमाडौँ- भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को नियुक्ति समितिले सोमबार रअ प्रमुखमा सिन्हालाई नियुक्त गरेको हो ।
सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) छत्तीसगढ क्याडरका सिन्हा हाल क्याबिनेट सचिवालयको विशेष सचिवका रूपमा कार्यरत छन् ।
मन्त्रिपरिषद्को नियुक्ति समितिले सिन्हालाई दुई वर्षको कार्यकालका लागि रअ प्रमुखमा नियुक्तिलाई अनुमोदन गरेको हो । सामन्त गोयलको स्थानमा उनलाई नियुक्त गरिएको हो । ३० जुन २०२३ मा गोयलको कार्यकाल सकिँदैछ ।
सिन्हासँग पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव छ। सिन्हा अहिलेका प्रमुख सामन्त गोयलपछि दोस्रो वरीयताका अधिकारी हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया