ब्लिन्केनसँगको वार्ता उपलब्धिमुलक भएको चिनियाँ राष्ट्रपति सीको भनाइ
फाइल फोटो
बेइजिङ - चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग बेइजिङमा सोमबार भएको वार्तामा अमेरिका र चीनले थुप्रै विषयमा ‘प्रगति’ गरेको बताएका छन् ।
शक्तिशाली चिनियाँ राष्ट्रपतिसीले स्थानीय समयअनुसार अपराह्न ४ः३० बजेपछि राजधानीको ग्रेट हल अफ द पिपुलमा ब्लिन्केनसँग भेटवार्ता गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम र अमेरिकी अधिकारीले जनाएका छन् ।
“चिनियाँ पक्षले हाम्रो स्थिति स्पष्ट पारिसकेको छ र राष्ट्रपति बाइडेन र हामी (चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेन) ले बालीमा गरेको साझा समझदारीलाई पालना गर्न दुवै पक्ष सहमत हुनुपर्छ,” सीले शीर्ष अमेरिकी कूटनीतिज्ञसँग भने ।
“दुई पक्षले प्रगति पनि गरेका छन् र केही खास विषयमा सहमति पनि गरेका छन्”, उनले थपे ।
“मलाई आशा छ, विदेशमन्त्री ब्लिन्केनले यो भ्रमणमार्फत चीन–अमेरिका सम्बन्धलाई स्थिर बनाउन सकारात्मक योगदान दिन सक्नुहुनेछ्,” सीले भन्नुभयो ।
ब्लिन्केनले अन्य उच्च चिनियाँ अधिकारीसँग दुई दिनसम्म १० घण्टाभन्दा बढी छलफल गरेपछि राष्ट्रपति सीसँग करिब आधा घण्टा लामो वार्ता गरेका हुन् ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएपछि करिब पाँच वर्षयता भएको बहालवाला उच्च अमेरिकी अधिकारीको चीन भ्रमणलाई विश्व समुदायले विशेष चासोले हेरेको छ ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया