विश्व

जो बाइडेनका छोराले तिरेनन् आयकर

इकागज |
असार ५, २०८० मंगलबार २१:५१ बजे

वासिङ्टन - अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरले संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको स्वीकार गरेका छन् । 

हन्टर बाइडेनले आफ्नो गृह राज्य डेलावेयरस्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयसँगको निवेदनमा आफू लागुऔषध प्रयोगकर्ता भएको र बन्दुक राखेको स्वीकार गरेका हुन् । 


हन्टर बाइडेन र अमेरिकी अभियोजकहरूबीच भएको सम्झौतालाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले मङ्गलबार आफ्ना छोरा हन्टरलाई अभियोग स्वीकार गरेकोमा स्यावासी दिएका छन् । 

“राष्ट्रपति र प्रथम महिलाले आफ्नो छोरालाई माया गर्छन् र उसलाई सहयोग गर्छन् किनकि उसले आफ्नो जीवनको पुनः र्निर्माण जारी राख्छ,” ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । “हामीले थप कुनै टिप्पणी गर्ने छैनौं,” विज्ञप्तिमा भनिएको छ ।


Author

थप समाचार
x