अमेरिकी राष्ट्रपति बाइडनका छोरा लागूऔषध प्रयोगकर्ता भएको पुष्टी
बासिंगटन डिसी- अमेरिकी राष्ट्रपति जो बाइडनका छोरा हन्टर लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ ।
राष्ट्रपति वाइडनका छोराले लागूऔषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्वीकार गरेपछि यो खुलासा भएको हो ।
संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागेपछि उनले एक सरकारी कार्यालयसक्ष पुगेर सो स्वीकार गरेका हुन् ।
आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निबेदनमा राष्ट्रपति पुत्र हन्टर बाइडनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्विकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रुपमा बन्दुक राखेको जानकारी दिएका हुन् ।
उनको सो निवेदनलाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने हुन्छ । यदी, त्यो अनुमोदन नभएमा राष्ट्रपति पुत्रमाथि कानुनी कारबाही हुनेछ ।
उता अमेरिकी राष्ट्रपति बावाइडनले छोरा हन्टरलाई उनीमाथि लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । तर, ह्वाईट हाउसले सोभन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया