कब्जा गरेको रुसी सहर रोस्तोभ-अन-डोनबाट वागनर ग्रुपका लडाकु पछाडि हट्न सुरु
काठमाडौँ- रुसको निजी सैन्य लडाकु वागनर ग्रुपका लडाकुहरुले विद्रोह गरेको २४ घण्टाभित्र नै रुसको रोस्तोभ-अन-डोन सहरबाट पछाडि हट्न सुरु गरेका छन् ।
त्यसअघि वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनले हिंसा र हत्याबाट पछि हट्नका लागि आफ्ना लडाकुलाई युक्रेन फर्किन निर्देशन दिएको बीबीसीले जनाएको छ ।
यता रुसी सरकारी संचारमाध्यमहरुका अनुसार प्रिगोजिन अब बेलारूस जाने तथा उनी तथा उनको वागनर ग्रुपका लडाकुमाथि लगाइएको सबै आरोप फिर्ता लिइनेछ । यससँगै रुसमा जारी तनावको अन्त्य समेत हुने अपेक्षा गरिएको छ ।
खासमा वागनर ग्रुप लडाकुको एक नीजि सेना हो जसले पैसाको लागि लड्ने गरेको छ । अहिले यो समूह रुसी सेनासँग मिलेर युक्रेनविरुद्ध लडाइ लडिरहेको छ ।
तर युक्रेनविरुद्धको युद्धमा रुसी सेनाले अपनाएको तरिकालाई लिएर वागनर ग्रुपले असहमति जनाउँदै आएको छ । प्रिगोजिनले रुसी सैन्य नेतृत्वको पनि खुलेरै आलोचना गर्दै आएका थिए ।
तर शनिबार युक्रेनमा रहेको रुसी सैन्य क्याम्पबाट निस्किएर वागनर ग्रुपमा लडाकुहरु रुसको रोस्तोभ-अन-डोन सहर पुगेर रुसी सेनाको दक्षिणी कमान्डमाथि कब्जा जमाएको थियो ।
त्यससँगै मस्को जाने बाटोमा पर्ने वोरोनेज सहरमा रहेको सैन्य क्याम्पमाथि समेत कब्जा जमाएको थियो । तर उनीहरु राजधानी मस्कोतर्फ बढ्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया