पाकिस्तानद्वारा निर्वासित पूर्व प्रधानमन्त्री नवाज सरिफलाई स्वदेश फर्काउने कानुन पारित
फाइल फोटो
इस्लामावाद - पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ ।
सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठहर्याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको पाकिस्तान सरकारका एक प्रवक्ताले मंगलबार बताएका छन् ।
सन् २०१७ मा भ्रष्टाचारको आरोपमा सत्ताच्युत हुनुअघि सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । सर्वोच्च अदालतले उनलाई आजीवन राजनीतिमा प्रतिबन्ध लगाएपछि सात वर्षको जेल सजाय सुनाइएको थियो ।
सन् २०१९ मा उनलाई स्वास्थ्य उपचारका लागि विदेश जान जमानत दिइएको थियो र उनी बेलायत गएका थिए । त्यतिबेलादेखि सरिफ बेलायतमा नै रहेर पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहेको बताइन्छ ।
उनका भाइ शहबाज सरिफ गत वर्ष प्रधानमन्त्री बनेका थिए भने पीएमएल–एनको औपचारिक नेतृत्व पनि उनले नै गर्दै आएका छन् । पाकिस्तानमा आगामी अक्टोबरभन्दा पहिले नै आम निर्वाचन हुन लागेको छ ।
पाकिस्तानका कार्यवाहक राष्ट्रपतिले राष्ट्रिय सभाबाट पारित नयाँ कानुनमा हस्ताक्षर गर्दै अदालतले सांसदलाई पाँच वर्षभन्दा नबढाइ अयोग्य ठहर्याउन सक्ने व्यवस्था गरेको उल्लेख मंगलबार सरकारका एक प्रवक्ताले गरे ।
राष्ट्रपति आरिफ अल्वीको अनुपस्थितिमा सिनेटका अध्यक्ष सादिक सञ्जरानीले सोमबार उक्त विधेयकमा हस्ताक्षर गर्न कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया