अडियो प्रकरण निर्वाचन प्रभावित पार्ने खेलमात्र भएको ट्रम्पको भनाइ
फाइल फोटो
न्यूयोर्क - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको भनी आएको चर्चामा कुनै सत्यता नरहेको बताएका छन् ।
रेकर्डिङ सार्वजनिक भएको विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भूतपूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘र्टुथ सोसल वेबसाइट’ मा अडियोलाई बनावटी ‘विक्षिप्त’ कथा भनी खण्डन गरेका छन् । अभियोजनकर्ताले न्याय विभाग र एफबीआईसँग मिलेर ‘अवैध रूपमा’ अडियो बनाइ अफवाह फैलाउन खोजेको बताएका छन् । यो अवैध षडयन्त्र भएको उनले दावी गरेका छन् ।
उनले उक्त श्रव्य सामग्री ‘वास्तवमा आफ्ना विपक्षीहरूले आफुहरूमाथिका आलोचनालाई बिषयान्तर गर्न रचेको प्रपञ्च’ बाहेक केही नभएको दाबी गरेका छन् । यो निरन्तरको ‘विच हन्ट’ व्यक्तिलाई गलाउने झुटा आरोप जस्तै अर्को बनावटी आरोप भएको र यसलाई उनले विपक्षीहरूले चुनावी हस्तक्षेपका लागी सिर्जना गरेको हतियार भएको बताएका छन् ।
“विच हन्ट गर्ने उनीहरू ठग हुन्,” पूर्व राष्ट्रपति ट्रम्पले लेखेका छन् ।
सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको संकेत गरेको देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया