विश्व

भारतमा जगन्नाथ रथ यात्राले हाइटेन्सन छुदाँ सात जनाको मृत्यु, १८ घाइते

इकागज |
असार १४, २०८० बिहीबार ८:५३ बजे

फाइल फोटो

नयाँदिल्ली - त्रिपुराको उनाकोटी जिल्लामा बुधबार साँझ भगवान जगन्नाथको रथ हाई टेन्सन तारको चपेटामा परेको छ । जसका कारण ७ जनाको मृत्यु भएको छ । सोही क्रममा १८ जना जलेका छन् ।

भगवान जगन्नाथको उल्टा रथयात्राका क्रममा दिउँसो ४ः३० बजे कुमारघाट क्षेत्रमा उक्त घटना भएको प्रहरीले जनाएको छ । 


प्रदेशका मुख्यमन्त्री माणिक साहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । दुर्घटनामा धेरै तीर्थयात्रीको ज्यान गएको उनले बताए । योसँगै धेरै मानिस घाइते भएका छन् ।

'यो घटनाबाट म दुखी छु। मृतकका परिवारजनमा मेरो समवेदना र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना । यस दुखद घडीमा प्रदेश सरकार पीडितहरुको साथमा छ,' उनले भने । 


Author

थप समाचार
x