किन दिए बेलायती विकास मन्त्रीले राजीनामा ?
लन्डन- बेलायती विकास मन्त्रीले राजीनामा दिएका छन् । पर्यावरणको मुद्धालाई लिएर विकास मन्त्री ज्याक गोल्ड स्मिथले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री ऋषि सुनकको सरकारमा रहेका राष्ट्रमण्डल विकास मन्त्री ज्याक गोल्ड स्मिथले वातावरणको मुद्दामा सरकार उदासीन रहेको भन्दै राजीनामा दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जुन राजीनामा कारण प्रधानमन्त्री सुनक स्तब्ध हुन पुगेका छन् ।
तर सुनकले वातावरणको मुद्दामा नभइ संसद्को अधिकार क्षेत्रका बारेमा गरेको टिप्पणीलाई लिएर उनले राजीनामा गरेको जानकारी दिएका छन् ।
‘गोल्डस्मिथलाई हाउस अफ कमन्सको विशेषाधिकार समितिविरुद्ध उनको अनुपयुक्त टिप्पणीको लागि माफी माग्न भनिएको थियो’ सुनकले भने । तर उनले माफी नमागी राजीनामा दिएका हुन् ।
समितिले पूर्वप्रधानमन्त्री बोरिस जोनसनले पार्टीगेट काण्डबारे संसद्मा झुट बोलेको हो कि भनेर अनुसन्धान गरिरहेको छ । सोही बिषयमा क्षेत्राधिकार नाघेर मन्त्री स्मिथले टिप्पणी गरेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया