विश्व

बाढी र पहिरोमा परी भारतमा २२ जनाको मृत्यु

इकागज |
असार २५, २०८० सोमबार १६:१ बजे

काठमाडौँ- भारी वर्षापछि आएको बाढी र पहिरोका कारण भारतको विभिन्न स्थानमा कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यम द हिन्दुले जनाएअनुसार सोमबार नै भारतको विभिन्न स्थानमा २२ जनाको मृत्यु भएको हो ।


दिल्ली, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा र चंडिगढमा तीन दिनदेखि लगातार भारी वर्षा भइरहेका कारण जनजीवन कष्टकर बनेको छ ।

वर्षाका कारण आएको बाढी र पहिरोका कारण सडकहरू क्षतिग्रस्त भएका कारण मानिसहरू विभिन्न स्थानमा अलपत्र परेका छन् ।

जुन २४ देखि भारतमा मनसुन सुरु भएयता हिमाचल प्रदेशमै बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भइसकेको छ ।


Author

थप समाचार
x