शिक्षिका केली : आफ्नै विद्यार्थीसँग चिहान र बगैँचामा पनि राख्थिन् यौन सम्पर्क
सांकेतिक तस्बिर
न्युयोर्क- अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कूलकी एक विज्ञान शिक्षिकाको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन् । यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ । यो अचम्म लाग्दो कुरा के हो हामी तपाईंलाई बताउँछौं।
यी शिक्षिकामाथि लगाइएको आरोप सत्य सावित भएको छ । अमेरिकाको यो प्रान्तको कानून अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ । तर यहाँ यी शिक्षिका प्रहरी र कानुनको नियन्त्रणमा आएका छन् किनभने यहाँ शिक्षिका र विद्यार्थीबीचको सम्बन्ध गैरकानूनी छ, यसका लागि विद्यार्थी कम्तीमा २१ वर्षको हुनुपर्छ । त्यसकारण केलीलाई अदालतले आफ्नो विद्यार्थीसँग सम्बन्ध राखेकोमा दोषी ठहर गरेको छ।
डेली स्टारको रिपोर्टका अनुसार २६ वर्षीया काली हाइक्सले १७ वर्षीय छात्रालाई प्रेमको जालमा फसाएर उनीसँग पटकपटक शारीरिक सम्बन्ध राखेकी थिइन् । विद्यार्थी अभिभावकसँगै बस्थे ।
यस घटना सार्वजनिक भएपछि पीडित बालकको परिवारमा आक्रोश र आश्चर्य छ किनकी धेरै दिनसम्म यो सबै कसरी चलिरहेको थियो ? भन्ने कुरा उनीहरूले धेरै ढिलो थाहा पाए । यसबीचमा केलीले राति राति गोप्य रूपमा बालकको घरमा पसेर आफ्नो मनसाय पूरा गरेकी थिइन् । कतिसम्म भने उनले विद्यार्थीको घरमा मात्रै नभइ गाडी र बगैँचामा पनि यौन सम्पर्क राखेकी थिइन् ।
त्यसमाथि अरू कसैको ध्यान नपरोस् भनेर दुवै जना सहरको सुनसान चिहानमा गएर पनि सम्बन्ध गाँस्ने गरेको कुरा अदालती प्रकियाको क्रममा खुलेको थियो ।
प्रचलित कानुनअनुसार अब यी शिक्षिकालाई अदालतबाट तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ । अमेरिकामा यसअघि पनि यस्ता धेरै घटना बाहिर आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया