विश्व

इजरायलका राष्ट्रपतिले अमेरिकी संसद्‌मा सम्बोधन गर्ने, यसरी सम्बोधन गर्ने उनी दोस्रो

इकागज |
साउन १, २०८० सोमबार ८:२४ बजे

तेल अभिभ- इजरायली राष्ट्रपति इसाक हर्जोग सोमबार अमेरिकाको औपचारिक कूटनीतिक भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् । 

हर्जोगको भ्रमणका क्रममा उनले जुलाई १९ मा अमेरिकी कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।


इजरायली राष्ट्रपति इसाक हर्जोग प्रतिनिधिसभाका पूर्व सभामुख न्यान्सी पेलोसी र वर्तमान सभामुख केभिन म्याकार्थीको निमन्त्रणामा अमेरिका भ्रमणमा जान लागेका हुन । संयुक्त बैठक आयोजना गर्नुको उद्देश्य इजरायलको स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउनु हो ।

कांग्रेसका दुवै सदनलाई सम्बोधन गर्ने एकमात्र अन्य इजरायली राष्ट्रपति हर्जोगका बुबा चाइम थिए। उनले नोभेम्बर १९८७ मा दुवै सदनलाई सम्बोधन गरेका थिए । । 

इजरायली राष्ट्रपतिको जुलाई १८–२२ भ्रमणमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग व्हाइट हाउसमा भेटघाट पनि हुनेछ। बिडेन र हर्जोगले विभिन्न राजनीतिक, सुरक्षा र आर्थिक मुद्दाहरूमा छलफल गर्ने अपेक्षा गरिएको छ, हर्जोगको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


इरानको आणविक कार्यक्रम र इजरायली सरकारको न्यायिक सुधार पहल वार्ताको मुख्य विषय हुने अपेक्षा गरिएको छ।


Author

थप समाचार
x