भारतमा १७ वर्षीया दलित युवतीमाथि सामूहिक बलात्कार
सांकेतिक तस्बिर
काठमाडौँ- भारतको जोधपुरमा एक १७ वर्षीया दलित युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
हिन्दुस्तान टाइम्सले जनाएअनुसार राजस्थानको जोधपुर जिल्लामा रहेको जेएनभियू ओल्ड क्याम्पसमा आइतबार राति उक्त युवतीमाथि तीन जनाले सामूहिक बलात्कार गरेको हो ।
प्रहरीले जनाएअनुसार अजमेरकी १७ वर्षीया उक्त युवती अर्का एक युवकसँग घरबाट भागेका थिए ।
उनीहरु शनिबार राति बसमा चढेर जोधपुर पुगेका थिए र बस्ने स्थानको खोजीमा थिए । सोही क्रममा तीनजना पुरुषले सहयोग गर्ने जनाए ।
सामूहिक बलात्कारको आरोप लागेका २१ वर्षीय समन्दर सिंह, २१ वर्षीय धरमपाल सिंह र २२ वर्षीय भटम सिंहले उनीहरूलाई सहयोग गर्ने आश्वासन दिएका थिए ।
ती तीन जनाले उनीहरूलाई खाना दिनुका साथै उनीहरूलाई रेलबाट यात्राका लागि सहयोग गर्ने जनाएका थिए ।
त्यसपछि उनीहरू पाँचै जना सँगै जाँदै गर्दा आइतबार विहान ४ बजेतिर उनीहरू क्याम्पसमा छिरेपछि तीन जनामध्ये दुई जनाले भागेर आएका केटालाई समाते तथा कुटपिट गरे ।
त्यसपछि उनीहरूले युवतीमाथि कुटपिट गर्नुका साथै सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया