विश्व

अमेरिकाले भन्यो - टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम

इकागज |
साउन २, २०८० मंगलबार १५:१४ बजे

फाइल फोटो

वासिङ्टन - अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् । 

टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट पार्टीसम्म पुर्‍याउने गरेको संघीय जाँच ब्यूरो (एफबिआई)ले उल्लेख गरेको जियानली याङले अमेरिकी अखबार द हिलमा लेखेका छन् ।


एफबिआईले सार्वजनिक गरेको उक्त सूचनाका आधारमा  सिनेटर मार्क वार्नरको नेतृत्वमा सिनेटरहरूको एक समूहले हालै वाणिज्य विभागलाई लोकप्रिय सामाजिक सञ्जालमाथि नियमनको अधिकार प्रदान गर्ने कानुन बनायो । राष्ट्रपति जो बिडेनले पनि उक्त कानूनलाई तत्काल अनुमोदन गरेर तुरुन्त पारित गर्न आह्वान गर्नुभएको द हिलमा जनाइएको छ । 

जियानली याङ, पीएचडी, चीनमा सिटिजन पावर इनिसिएटिभ्सका संस्थापक र अध्यक्ष हुन् र “हाम्रो लागि, द लिभिङः ए जर्नी टु शाइन द लाइट अन ट्रुथ“ र “इट्स टाइम फर ए भ्यालुज बेस्ड “इकोनोमिक नेटोका” लेखक हुन् ।

नीति नियमका विश्लेषकहरूले हानिकारक सोशल मिडिया कम्पनीहरूको डेटा संकलनसँग लड्न आफ्ना प्रयास दोब्बर गर्नुपर्नेमा जोड दिँदै टिकटकमात्र व्यक्तिगत विवरण संकलन गर्ने पहिलो कम्पनी नभएको बताएका छन् । वि च्याटजस्ता धेरै अन्य एप कम्पनीको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध रहेकाले त्यस्ता विषयलाई सांसदहरूले गम्भीर भएर हेर्नुपर्ने सुझाव लिइएको छ । 

चिनियाँ स्वामित्वमा रहेका सामाजिक सञ्जाल एपहरूमात्र नभई आधुनिक कारहरू पनि व्यक्तिगत विवरण संकलनका माध्यम बनेका, तिनमा जडान गरिएका क्यामेरा र कम्प्युटरले चालकको यात्रास्थल, उसले पसलमा गर्ने किनमेल, सुन्ने गीतसङ्गीतदेखि उसले कति छिटो सवारी चलाउँछ भन्नेसम्मका सूचना संकलन गर्ने द हिलमा जियानलीले लेखेका छन् । 


Author

थप समाचार
x