युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा भारतको जोड
न्यूयोर्क- भारतले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा जोड दिएको छ । जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो ।
संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले संयुक्त राष्ट्रसङ्घको वार्षिक साधारणसभामा भएको युक्रेन बहसमा जारी द्वन्द्वप्रति भारतको गहिरो चासो व्यक्त गर्दै शत्रुताको तत्काल अन्त्य गर्नका साथै वार्ता र कूटनीतिमा फर्कन आग्रह गरे । उनले यो युद्धको युग नभइ वार्ता र कूटनीतिको भएकाले त्यसकै माध्यमबाट सङ्कटको निकास खोजिनुपर्नेमा उनले जोड दिए ।
द्वन्द्वका कारण विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धाहरुको ज्यान गएको, दुवै देशका जनता पीडामा परेका उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधिले युक्रेनको अवस्थालाई लिएर भारत चिन्तित भएको बताए ।
उनले लाखौं घरबारविहीन भएका, तीमध्ये अधिकांश छिमेकी देशहरूमा शरण लिन बाध्य भएका, नागरिक पूर्वाधारमा भएका आक्रमणले परिस्थितिलाई अझ जटिल एवम् चिन्ताजनक बनाएको बताए ।
उनले रुस–युक्रेन द्वन्द्वका कारण उत्पन्न हालैका घटनाक्रमप्रति भारत चिन्तित भएको बताउँदै शान्ति र स्थायित्वका निम्ति दुवै पक्षलाई वार्तामा बस्न आग्रह गरे । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया