महाराष्ट्रमा पहिरोमा परी १३ जनाको मृत्यु
महाराष्ट्र - महाराष्ट्रको राइगढ जिल्लाको खालापुर तहसीलको इरशालवाडी गाउँमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म घटनास्थलबाट २२ जनाको उद्धार गरिएको छ तर धेरै जना भग्नावशेषमा फसेको आशंका गरिएको छ ।
राइगढको इरशालवाडीमा भग्नावशेषबाट १२ जनाको शव निकालिएको छ । साथै, घटनास्थलमा उद्धारका लागि पुगेका एक उद्धारकर्मीको हृदयाघातका कारण मृत्यु भएको छ ।
अहिलेसम्म १३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेकोे छ ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे राइगढ जिल्लामा राहत र उद्धार कार्यको समीक्षा गर्न बिहान घटनास्थलमा पुगी राइगढमा गएको पहिरोमा परी मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया