पाकिस्तानी प्राध्यापक लागूऔषधको कारोबारी, फोनमा छात्राको अश्लील भिडियो
इस्लामवाद- पाकिस्तानको इस्लामिया युनिभर्सिटी अफ बहावलपुरवाट ड्रग्स र ब्ल्याकमेलिङको घटना बाहिर आएको छ ।
प्राध्यापकहरुको एक गिरोहले विद्यार्थीहरुलाई लागूऔषध बेच्ने गरेको खुलासा भए पछि केहीलाई पक्राउ गरिएको छ । साथै, उनीहरुको फोनबाट छात्राहरुको अश्लिल भिडियो फेला परेको छ । यी भिडियोमार्फत युवतीहरूलाई ब्ल्याकमेल गर्ने गरेको आरोप छ ।
सरकारले यो प्रकरणलाई दबाउन हरसम्भव प्रयास गर्यो तर यो काण्ड मिडिया रिपोर्टबाट बाहिर आयो। बर्खास्तपछि विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि पक्राउ परेका छन् ।
पाकिस्तानको अखबार ‘द डन’ ले यस ड्रग्स रैकेटको बारेमा विस्तृत रिपोर्ट प्रकाशित गरेको छ । यसमा प्रहरीको बयान पनि समावेश छ । प्रहरीका अनुसार केही दिनदेखि आइयुबीमा लागूऔषध ओसारपसारको सूचना आइरहेको थियो । विश्वविद्यालयका केही प्राध्यापकले यो र्याकेट चलाएको अनुसन्धानले देखाएको छ । छापा मार्दा एक प्राध्यापकको साथबाट हेरोइन पनि बरामद भएको छ ।
प्रहरीले जेठदेखि नै यस विषयमा अनुसन्धान गरिरहेको भए पनि प्रमाण नहुँदा अभियुक्तलाई कारबाही गर्न सकेको थिएन । ठोस सूचना पाए पछि विश्वविद्यालयका प्रमुख वित्तीय अधिकृतलाई २८ जुनमा पक्राउ गरिएको थियो । उनको साथबाट धेरै लागूऔषध बरामद भएको छ ।
वित्त अधिकारीलार्ई एउटा कारबाट समातिएको थियो । उनीसँगै विश्वविद्यालयका प्रमुख सुरक्षा अधिकृत पनि रहेका थिए र उनीहरुसँग लागूऔषध पनि फेला परेको थियो । दुबैको फोन चेक गर्दा प्रहरी चकित भयो किनभने युनिभर्सिटीका विद्यार्थी र महिला शिक्षकको अश्लील भिडियो पनि त्यसमा समावेश थियो। ती छात्रा तथा महिला शिक्षकलाई विभिन्न स्थानमा ब्ल्याकमेल गरी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।
यसबारेमा पाकिस्तानी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया