विश्व

इन्डोनेसियामा डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु

इकागज |
साउन ८, २०८० सोमबार १०:१२ बजे

काठमाडौँ- इन्डोनेसियामा डुंगा दुब्दा कम्तीमा पनि १५ जनाको मृत्यु भएको छ ।

सुलावेसी टापुमा डुंगा डुबेको स्थानीय अधिकारीहरुले जनाएको अल-जजिराले उल्लेख गरेको छ ।


४० जना यात्रु सवार भएको डुंगा मध्य रातिमा डुबेको बताइएको छ ।

डुंगामा सवार भएका अन्य १९ जना अझै वेपत्ता रहेको इन्डोनेसियाको नेसनल रिसर्च एन्ड रेस्क्यू एजेन्सीले जनाएको छ ।

६ जनालाई भने अस्पतालमा भर्ना गरिएको छ ।


Author

थप समाचार
x