विश्व

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव पेस

इकागज |
साउन १०, २०८० बुधबार १३:४ बजे

काठमाडौँ- प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय केन्द्रीय सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ ।

भारतीय राष्ट्रिय कांग्रेसका लोकसभा उपाध्यक्ष तथा पूर्वोत्तर नेता गौरव गोगोईले बुधबार मोदी नेतृत्वको केन्द्र सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।


इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिभ अलायन्सले मंगलबार मणिपुरको अवस्थालाई लिएर सरकारविरुद्ध अविश्वासको प्रस्ताव अघि सार्ने जनाएको थियो ।

मणिपुरको अवस्थालाई लिएर संसदमा मोदीले जवाफ दिनुपर्ने विपक्षीको माग पूरा नभएपछि सो कदम चालिएको बताइएको छ ।

तर ३ सय ३२ सिट रहेको मोदी सरकारलाई भने अविश्वासको प्रस्तावले कुनै असर नगर्ने जनाइएको छ ।


Author

थप समाचार
x