विश्व

जम्मु कश्मीर, बंगलादेश र म्यानमारमा आक्रमण गर्ने योजना बनाउँदै अल कायदा : राष्ट्र संघ

इकागज |
साउन १३, २०८० शनिबार ७:५३ बजे

काबुल- आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर, बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाइएको छ।

आतंकवादी हमलाहरू सजिलै गर्न सकून् र आफनो प्रभाव विस्तार गर्न सकियोस भन्नाले तीन देशमा आफनो उपस्थिति स्थापित गर्न खोजिएको हो ।


यसको जानकारी खुलासा संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ले गरेको हो । राष्ट्र संघका रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका २०० लडाकुहरू रहेका छन् र तिनीहरूका नेता आतंकवादी ओसामा महमूद हुन्।

अल कायदा त्यही संगठन हो, जसले अमेरिकामा ९/११ आतंकवादी हमला गराएको थियो। यस आक्रमणमा करिब ३ हजार मानिसको मृत्यु भएको थियो । 

सन २०२२ मा पूर्व बीजेपी नेता नुपुर शर्माले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद बयान दिएकी थिइन्। यसपछि सोही संगठनले भारतका ४ राज्यमा आत्मघाती हमलाको धम्की दिएको थियो ।

रिपोर्टका अनुसार हाल अलकायदा लगभग ६५ देशमा सक्रिय रहेका छन ।


Author

थप समाचार
x