विश्व

म्यानमारबाट मणिपुर आउनेको बायोमेट्रिक डाटा लिन सुरु, अवैध नागरिक पहिचान गरिने

इकागज |
साउन १४, २०८० आइतबार ७:१४ बजे

नयाँदिल्ली- मणिपुर सरकारले म्यानमारबाट राज्यमा आउने मानिसहरूको बायोमेट्रिक डाटा लिन सुरु गरेको छ। 

यसको उद्देश्य मणिपुरमा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचान गर्नु हो । 


भारतीय सञ्चारमाध्यमका अनुसार यो काम सेप्टेम्बर २०२३ सम्ममा पूरा गर्न भनिएको छ। यो काम पहिले पनि चलिरहेको थियो तर राज्यमा हिंसाका कारण रोकिएको थियो।

गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । ५ हजार ९ सय ९५ मुद्दा दर्ता भएका छन् । ६ हजारभन्दा बढी मानिस हिरासतमा छन् । आगजनीका ५ हजारभन्दा बढी घटना भएका छन् । करिब ६० हजार मानिस घरबारविहीन भएका छन् ।

राज्यमा हिंसा रोक्न सरकारले अब घुसपैठ गर्नेहरुको पहिचान गरिरहेको छ । तर, दुई समुदायका बिचमा हिंसा बढे पछि पुनः बायोमेट्रिकको काम सुरु गरिएको हो । 


Author

थप समाचार
x