विश्व

गाजीपुरमा पर्खाल भत्किँदा तीनको मृत्यु

इकागज |
साउन १४, २०८० आइतबार ७:१८ बजे

सांकेतिक तस्बिर

ढाका- बंगलादेशको गाजीपुर जिल्लामा शनिबार राति एउटा पर्खाल भत्किँदा तीन कामदारको मृत्यु भएको छ । 

घटना शनिबार साँझ ७:३० बजे भएको थियो । घटनामा दुई जना घाइते समेत भएका छन् । 


बंगलादेशी सञ्चारमाध्यमका अनुसार टोङ्गी फायर सर्भिसका वरिष्ठ अधिकारी इकबाल हसनले मृतकको पहिचान बकुल (३५), सुल्तान (५०) र सबुज (३५) भएको बताए ।

घाइतेहरुलाई टँगीको शहीद अहसान उल्लाह मास्टर जनरल अस्पताल लगिएको छ । घटनाको जानकारी दिँदै हसनले गाँजीपुर महानगरपालिकाको पगार झिनु बजारमा नाली निर्माणमा करिब ३० जना मजदुर काम गरिरहेका थिए । सो क्रममा चार तले भवनको पर्खालमुनि तीन जना मजदुर पुरिएका थिए । जसका कारण उनको मृत्यु भएको हो । घटनाको अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x