रूसी वैज्ञानिकहरू अन्टार्कटिकामा तरबुजा फलाउन सफल
रूसी अनुसन्धान कर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेशनमा आठ वटा तरबुजा फलाउन सफल भएका छन् ।
उनीहरूले तरबुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् । रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई) अनुसार यी पाकेका तरबुजाको रातो र पहेँलो गुदी हुन्छ । तरभुजको प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरूले बताएका छन् ।
अन्वेषकहरूका अनुसार भोस्टोक स्टेशनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरू उब्जाउने अपेक्षा राखेको छ । वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन् ।
रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्टोक स्टेशनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया