राहुल गान्धीको सांसद पद पुनःस्थापित
काठमाडौँ- भारतका कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद पुनःस्थापित भएको छ ।
‘मोदी सरनेम मुद्दा’ मा गान्धीलाई ठूलो राहत मिलेको तथा उनको सांसद पद पुनःस्थापित भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तानले जनाएको छ । गान्धीमाथि मानहानी मुद्दामा कायम गरिएको दुई वर्षको सजाय भारतको सर्वोच्च अदालतले खारेज गरेको छ ।
अब उनी संसदमा सहभागी हुन पाउने भएका छन् । साथै उनी आगामी निर्वाचनमा समेत सहभागी हुन पाउनेछन् । उनीमाथिको सजाय कायम भएको भए आगामी ८ वर्षसम्म निर्वाचनमा सहभागी हुन पाउने थिएनन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया