विश्व

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ

इकागज |
साउन २०, २०८० शनिबार १५:१६ बजे

काठमाडौँ - पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । तोशाखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको हो। 

बीबीसीका अनुसार इस्लामावादको जिल्ला अदालतले खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।


 तेहरिक–ए–इन्साफका अध्यक्ष समेत रहेका खानले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा अदालतले तीन वर्षको जेल सजाय र जरिवाना सुनाएको हो । ​

इमरानको पार्टी तेहरिक-ए-इन्साफले भने यो निर्णयलाई पक्षपाती भन्दै सर्वोच्च अदालतमा अपिल गर्ने जनाएको छ । 


Author

थप समाचार
x