चीनको आरोप : अमेरिकाले ह्याकरहरूको साम्राज्य बनाउँदै छ
काठमाडौँ– अमेरिकी संघीय सरकारको प्रमुख गुप्तचर संस्था केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए)ले ‘शान्तिपूर्ण विकास‘ र ‘रङ क्रान्ति’को नाममा ‘ह्याकरहरूको साम्राज्य’ बनाएको बताएको छ ।
चीनको समाचार सेवा प्रदायक संस्था सिन्ह्वाले पठाएको समाचारमा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए)ले नै हालै एउटा अनुसन्धान प्रतिवेदन जारी गर्दै सिआइएले विश्वभरि ‘ह्याकरहरूको साम्राज्य’ नै खडा गरेको बताएको छ ।
यसलाई चीनको नेशनल कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्र र इन्टरनेट सुरक्षा कम्पनी ३ सय ६० ले पनि पुष्टि गरेको सिन्ह्वाको समाचारमा छ । इस्लामाबादस्थित एशियन इन्स्टिच्युट अफ इको–सभ्यता अनुसन्धान र विकास केन्द्रका प्रमुख कार्यकारी शकिल अहमद रामेले अमेरिका आफैँले विश्वभरी फैलिएको सबैभन्दा ठूलो निगरानी प्रणाली सञ्चालन गरिरहेको बताए ।
अमेरिकाको साइबर हमलाको मुख्य निशाना चीनको साइबर नेटवर्क हो । गत महिना, अमेरिकी सीआईएका निर्देशक विलियम बर्न्सले एक खुलासा गर्दै आफ्ना एजेन्सीहरूले चीनमा जासुसी नेटवर्कहरू पुनः निर्माण गर्न सक्रिय रूपमा काम गरिरहेको र त्यसमा प्रगति भइरहेको बताएका थिए ।
२०२२ मा चीनको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीमा चीन बाहिरबाट साइबर आक्रमण गरिएको थियो । यो आक्रमण अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीसँग सम्बद्ध साइबर–वारफेयर इन्टेलिजेन्स–भेला गर्ने एकाइ, टेलर्ड एक्सेस अपरेसन गरेको आरोप चीनले लगाउँदै आएको छ ।
हरिकी मिडिया टर्कीका प्रमुख टुंक आकुकले चीनमा भएको आक्रमण र भेटिएका सूचना र सुराकले अमेरिका तर्फ इसारा गरेको बताए । प्रमुख टुंक आकुकले इन्टरनेटको ग्लोबल सञ्जाल नै अमेरिकाको नेतृत्वमा रहेको बताए । अमेरिकाले विश्वभरि फैलिएको डाटा प्रवाहलाई नै नियन्त्रण गर्न सक्ने उनले उल्लेख गरे ।
यसै वर्षको अप्रिलमा पेन्टागनका केही गोप्य कागजहरूको एक सेट अनलाइनमा लिंक भएको थियो । त्यसमा युक्रेन, दक्षिण कोरिया र इजरायल लगायत अमेरिकाका सञ्जालका गोप्य डाटाहरू थिए । इन्स्टिच्युट अफ पोलिसी स्टडिज, इस्लामाबादका वरिष्ठ अनुसन्धान फेलो तुघ्रल यामिनले अमेरिकीहरूले सधैं जासुसी मात्र गरिरहने टिप्पणी गरे । अमेरिकाको कोही मित्र वा शत्रु नहुने भएकाले सबैको निगरानी गर्ने तुघ्रल यामिनले बताए ।
अमेरिकाले लामो समयदेखि सबैतिर जासुसी गर्दै आएको चीनको आरोप छ । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया