विश्व

पाकिस्तान रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

इकागज |
साउन २१, २०८० आइतबार १९:५७ बजे

काठमाडौँ - पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २८ जनाको ज्यान गएको छ । पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या २८ जना पुगेको पुष्टि गरेका हुन । 

सो रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ । बीबीसीका अनुसार सो दूर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकि रहेको अन्तराष्ट्रिय समाचार माध्यामहरुले जनाएका छन ।



Author

थप समाचार
x