अफगानिस्तानमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी
काबुल - अफगानिस्तानको पूर्वी प्रान्त खोस्तमा विषाक्त खानाका कारण कम्तीमा २०० जना बिरामी परेका छन् ।
प्रान्तीय प्रहरी प्रवक्ता मुस्तघफर गरबाजका अनुसार आइतबार साँझ जजाई मैदान जिल्लाको सत्काई गाउँमा गाउँलेहरू एक भोजमा सहभागी भएपछि उनीहरू बिरामी परेका थिए ।
सबै बिरामीहरूलाई नजिकैको अस्पताल र क्लिनिकमा लगिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको भन्दै बिस्तृत विवरण अनुसन्धान रिपोर्टमार्फत जानकारी गराइने ती अधिकारीले बताए ।
यसैबीच, गाउँले र प्रत्यक्षदर्शी ताहिर अजिमीले भोजको खानाले करिब ४०० जना बिरामी परेको दाबी गर्नुभयो ।
(((
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया