विश्व

दश जना सिरियाली सैनिक मारिए

इकागज |
साउन २३, २०८० मंगलबार १४:२२ बजे

फाइल फोटो

काठमाडौँ - इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले जिहादीहरूको पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका छन् । 

युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार आईएसले राज्य सरकारसँग सम्बन्धित स्थान र चौकी र सैन्य गाडीमा आगजनी गरेको छ । सोमबार साँझ भएको उक्त आक्रमण छ जना सैनिक जवान घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।


सरकारी सेनाले राका प्रान्तको दक्षिण र पूर्वका ग्रामीण क्षेत्रमा नियन्त्रण कायम गरेका छन् भने कुर्द लडाकुले बाँकी भागमा आफ्नो आधिपत्य जमाएका छन् । सन् २०१७ सम्म राका शहर आईएस समूहको क्रूरता केन्द्र बनेको थियो । 

गत साता आईएसले आफ्ना नेता अबु अलहुसेन अलहुसेनी अलकुरेशीको मृत्यु भएको घोषणा गरेको थियो । उत्तर पश्चिमी सिरियामा भएको झडपमा उनी मारिएका उसले बताएको थियो । सिरियाका मरुभूमिमा लुकेका आईएस लडाकाले सर्वसाधारणका साथै सरकारी सेनामाथि आक्रमण गर्दै आएका छन् । 


Author

थप समाचार
x