पुर्वी अमेरिकामा आएको आँधीले १० लाख बढी प्रभावित
न्युयोर्क- पूर्वी अमेरिका अहिले आँधीको चपेटामा छ।
न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायले विधुत गुमाएका छन्। भारी आँधीका कारण हजारौं उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् ।
मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख पेन्सिल्भेनियामा ९५ हजार र मेरील्याण्डमा ६४ हजार मानिसहरू अझै पनि बिजुली विहीन अवस्थामा छन हिजो एक हजारभन्दा बढी उडान स्थगित गरिएको थियो भने संघीय उड्डयन प्रशासनले न्यूयोर्क, फिलाडेल्फिया, एटलान्टा र वाशिंगटन डीसीका एयरपोर्टहरूको उडान स्थगित गरेको थियो ।
मौसम विभागले आँधीलाई सबैभन्दा प्रभावकारी गम्भीर मौसमी घटनाहरू मध्ये एक हुन चेतावनी दिएको थियो।
यो दशकमा पहिलो पटक मौसम विभागले डिसी सहरमा चार–पाँच तहको जोखिम जारी गरेको हो । मौसम विभागको चेतावनी अनुसार सरकारी कर्मचारीलाई चाँडै घर फर्काइयो । मौसमविद् इलिन व्हेलनले भने जति क्षति आशंका गरिएको थियो त्यति ठूलो नभएको बताए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया