विश्व

राहुल गान्धीलाई दिइएको खोसिएको सरकारी बंगला

इकागज |
साउन २४, २०८० बुधबार ७:२४ बजे

नयाँदिल्ली- सांसद पदमा पुर्नबहाली भएपछि कांग्रेस आइका नेता राहुल गान्धी संसदीय राजनीतिमा फर्केका छन् । 

सर्वोच्च अदालतबाट पुर्नबहाली भएका कांग्रेस नेता गान्धीलाई उनलाई सरकारी निवास दिइएको छ । 


भारतीय सञ्चारमाध्यमका अनुसार संसद्‌को आवास समितिले राहुल गान्धीलाई दिल्लीको १२ तुघलक लेनमा अवस्थित सरकारी बंगला दिइएको जनाएका छन् ।

तर, राहुलले यो बंगला लिने वा नलिने भन्नेबारे ८ दिनभित्र जवाफ दिनु पर्नेछ । बंगला लिनेबारे सोध्दा उनले भने, ‘मेरो पूरै भारत घर हो।’

राहुल १९ वर्षदेखि यही बंगलामा बस्दै आएका छन् । मानहानीको मुद्दामा दोषी ठहर भएपछि उनले अप्रिल २२ मा उक्त घर छाड्नु परेको थियो । 

त्यसपछि उनी १० जनपथस्थित सोनिया गान्धीको निवासमा सरेका थिए । सन् २००४ मा पहिलो पटक अमेठीबाट सांसद बनेपछि उनले सन् २००५ मा १२ तुघलक लेनमा बंगला पाएका थिए । 

राहुलले यही वर्ष फेब्रुअरी २६ मा आफूसँग कुनै घर नभएको बताएका थिए । उनले जनताको सेवा नै आफनो पहिलो काम भएको जनाईएको थियो । 


Author

थप समाचार
x