विश्व

अनवार उल हक पाकिस्तानका नयाँ प्रधानमन्त्री

इकागज |
साउन २७, २०८० शनिबार १७:५९ बजे

इस्लामबाद- पाकिस्तानमा शाहबाज सरिफ सरकारले राजीनामा दिएपछि शनिबार त्यहाँ कामचलाउ सरकार गठन भएको छ । ​

अनवार उल हकको नाममा सरकार र विपक्षी दलबीच सहमति भएपछि उनको नाम घोषणा गरिएको हो । अनवार बलुचिस्तानका बासिन्दा हुन् ।


यसअघि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले हालै राजीनामा दिएका प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा विपक्षी दलका नेता राजा रियाजलाई शनिबारसम्म कार्यवाहक प्रधानमन्त्रीको नियुक्तिबारे निर्णय गर्न निर्देशन दिएका थिए । इस्लामावादमा दुवै नेता अनवारको नाममा सहमत भएका थिए । 

बलुचिस्तानका अनवार उल हकले १३ अगस्टमा कार्यवाहक प्रधानमन्त्रीको शपथ लिनेछन् । अनवार बलुचिस्तान नेसनल पार्टीका सिनेटर हुन् ।

अगस्ट ९ मा पाकिस्तानको नेशनल एसेम्बली विघटन भएपछि कार्यवाहक प्रधानमन्त्रीको टुंगो लगाउन प्रधानमन्त्री शाहबाज शरीफ र राजा रियाजबीच पटक–पटक बैठकहरू भएका थिए । सरिफले हिजो राजधानी इस्लामावादमा आफू र राजा रियाजले अगस्ट १२ (शनिबार) सम्ममा यो पदमा आपसी सहमति हुने बताएका थिए ।

यसै क्रममा शरीफले यो पनि भनेका थिए, ‘कार्यवाहक प्रधानमन्त्री छान्ने विषयमा अन्तिम निर्णय गर्नु अघि गठबन्धनका साझेदारहरूलाई पनि विश्वासमा लिइनेछ ।’


Author

थप समाचार
x