विश्व

बम राखेको धम्किपछि पेरिसको आइफिल टावर खाली गराइयो

इकागज |
साउन २८, २०८० आइतबार ७:३२ बजे

पेरिस- मध्य पेरिसमा रहेको आइफिल टावरमा बम भएको खबर आएपछि खाली गराइएको छ ।

यसको तीन तला खाली गरिएको थियो । यो संसारमा सबैभन्दा धेरै भ्रमण गरिएको पर्यटकस्थलहरू मध्ये एक हो। गत वर्ष यसले ६.२ मिलियन यात्रुलाई आकर्षित गरेको थियो।


मिडिया रिपोर्टका अनुसार आइफिल टावरलाई बमको धम्की दिइए पछि सावधानीका रूपमा यसलाई खाली गरिएको हो । साथै शनिबारसम्म सर्वसाधारणका लागि बन्द गरिएको छ । 

आइफिल टावर सञ्चालित संस्था एसईटीईले बम डिस्पोजल विशेषज्ञ र प्रहरीले एउटा तल्लामा रहेको रेस्टुरेन्टलगायत क्षेत्रमा खोजी गरेको फ्रान्स २४ ले रिपोर्ट गरेको छ। एसईटीईकी एक महिला प्रवक्ताले यस्तो अवस्थामा यो सामान्य प्रक्रिया भएको बताइन् ।


Author

थप समाचार
x