विश्व

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्रीको आज सपथ

इकागज |
साउन २८, २०८० आइतबार ७:५९ बजे

इस्लामबाद - पाकिस्तानको कार्यबहाक प्रधानमन्त्री अनवर उल हकले आज पद तथा गोपनीयताको सपथ लिदैँछन् । पाकिस्तानको संसद विघटन भएको दुई दिनपछि अर्थात हिजो हकलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको थियो । 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति आरिफ अल्वीले उनलाई आज पद तथा गोपनीयताको सपथ गराउने छन् । ​


अन्वर बलुचिस्तान अवामी पार्टी (बीएपी) का सिनेटर हुन्। अनवर सन् २०१८ मा स्वतन्त्र उम्मेदवारका रूपमा पहिलो पटक सिनेटरको रुपमा निर्वाचित भएका थिए ।

हिजो कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी पाएका अनवरको नाममा विपक्षी राजनीतिक दल र सरकारबीच सहमति भएको थियो । अब उनले पाकिस्तानको संविधानअनुसार संसद विघटन भएपछि ९० दिनसम्म सरकार चलाउने छ ।

अब मुलुकमा निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पनि अन्वरको हुनेछ ।


Author

थप समाचार
x