हवाई टापु डढेलो : मृत्यु हुनेको संख्या ९३ पुग्याे, परिवारलाई शव बुझाउन चुनौती
काठमाडौँ- अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।
आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ भने कयौँ घाइते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएकाले जनसाधारण क्रुद्ध भएका छन् ।
डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन् । यस्तै अस्पतालहरू पनि भत्किएका छन् र सयौँ विस्थापित हुन बाध्य बनेका छन् । अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा पाँच अर्ब ५० करोडभन्दा धेरैको धनमाल नोक्सानी भएको बताए ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगोमा जलेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया