विश्व

पाकिस्तानमा कोभिड सङ्क्रमित सङ्ख्या नौ लाख नाघ्‍यो, शैक्षिक संस्था जून ६ सम्म बन्द

इकागज |
जेठ १०, २०७८ सोमबार ७:६ बजे

इस्लामाबाद : पाकिस्तानमा कोभिड-१९ सङ्क्रमणमा पछिल्लो समय देखिएको वृद्धिसँगै सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । 

‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’ (एनसीओसी) को तथ्याङ्क उद्धृत गर्दै पाकिस्तानी जियो न्यूजले लेखेको छ, 'पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमित थप ७४ जनाको मृत्यु भएको छ भने  कूल मृतक सङ्ख्या २० हजार २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ८४ जना सङ्क्रमित भएका छन् ।  प्रकोप शुरू भएदेखि सिन्ध प्रान्तमा तीन लाख छ हजार ७०७, पञ्जाबमा तीन लाख ३३ हजार ५७, खैबर पख्तून्ख्वामा एक लाख २९ हजार १३, बलूचिस्तानमा २४ हजार ४१३ र पाकिस्तान प्रशासित काश्मिरमा १८ हजार ६५१ व्यक्ति सङ्क्रमित रहेका छन् ।'


संघीय शिक्षा मन्त्रालयले शुक्रवार दिएको जानकारीमा पाकिस्तानका ५२ जिल्लामा कोभिड-१९ पुष्टि हुनेको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी रहेको जियो न्युजले जनाएको छ । यसैबीच, सिन्धका १२ जिल्लामा कोभिड-१९ सङ्क्रमण दर उच्च रहेको भन्दै शैक्षिक संस्थानहरू जून ६ सम्म बन्द रहने बताइएको छ । (एएनआई)


Author

थप समाचार
x