बिहारमा पत्रकार यादवको हत्या
नयाँदिल्ली- भारतको पूर्वी राज्य बिहारमा शुक्रबार एक पत्रकारको आफ्नै निवासमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
बिहार राज्यको राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्रमा रहेको आफ्नै घरमा रहेका समय पत्रकार विमलकुमार यादवको हत्या भएको हो ।
स्थानीय हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा उनलाई हतियारधारी अज्ञात समूहले गोली हानेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बिहान अज्ञात बन्दुकधारीले उनको ढोका ढकढक्याएर उनलाई नाम उच्चारण गरेरै बोलाएपछि यादवले ढोका खोल्दा उनको छातीमा गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
वरिष्ठ प्रहरी अधिकारी जेएस गंगवारले भने, “यादवको घटनास्थलमै मृत्यु भएको हो ।
यसैबीभ, बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनालाई दुःखद भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
पत्रकारहरूसँग घटनाबारे प्रतिक्रिया दिँदै मुख्यमन्त्री नितिश कुमारले भने, “यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो । कसरी मानिसलाई यति निर्मम तरिकाले मार्न सक्छ ?”
उनले अधिकारीहरूलाई तत्काल घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको बताए । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया