श्रीलंकामा खडेरी तर यसवर्ष धानको अभाव नहुने
फाइल फोटो
कोलम्बो - सुख्खा मौसमका कारण हालको बालीमा परेको असरका बाबजुद श्रीलंकाले आगामी खेतीको मौसम नआउन्जेल धानको अभाव हुन सक्ने सम्भावनालाई नकारेको छ ।
कृषिमन्त्री महिन्दा अमरवीरालाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चालू मौसममा पाँच लाख तीन हजार हेक्टर जमिनमा धान खेती गरिएको छ, जसमध्ये केही बाली खडेरीबाट प्रभावित भएका छन् ।
गत वर्ष रोपाइँको मौसममा राम्रो रोपाइँ भएकाले एक बर्ष धानको अभाव नहुने उनले बताए । श्रीलंकाको मौसम विज्ञान विभागले सेप्टेम्बरको अन्त्यसम्म सुख्खा याम जारी रहने पूर्वानुमान गरेको छ । श्रीलंकाको मुख्य भोजन धान हो र दक्षिण एसियाली यस देशमा वर्षमा दुई मौसममा धान खेती गरिन्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया