विश्व

६ जना बालबालिकासहित तुईनमा आठ जना अड्किएपछि...

इकागज |
भदौ ५, २०८० मंगलबार १४:१८ बजे

इस्लामावाद - पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँमा दुई जना वयस्कसहित ६ जना बालबालिका तुईनमा अड्किएका छन् । 

विद्यालय हिँडेका बालबालिका समुद्र सतहबाट एक हजार दुई सय फिटको उचाइमा तुईन अड्किएपछि उद्धारको प्रतीक्षामा छन् । आज बिहान सात बजे चलिरहेको तुईन एक्कासी बन्द भएपछि उनीहरूको उद्धार हुन सकेको छैन ।


एउटै डोरीमा तुईन अड्किएको तथा त्यसमा ६ जना बालबालिकासहित दुई जना वयस्क रहेका प्रान्तीय उद्धार तथा खोज केन्द्रले पुष्टि गरेको छ । 

हेलिकप्टरबाहेक कुनै पनि माध्यमबाट उनीहरूको उद्धार हुन नसक्ने विषय परिस्थिति उत्पन्न भएको जनाउँदै एक जना सुरक्षा अधिकारीले पाकिस्तानी सेनासमक्ष अनुरोध गरिएको बताएका छन् । 

स्थानीय टेलिभिजनले प्रसारण गरेको दृश्यमा सैनिक हेलिकप्टरले घटनास्थलको अवलोकन गरेको देखिन्छ । यद्यपि पीडितहरूलाई उद्धार नगरी त्यो अन्यत्र उडेको छ ।


Author

थप समाचार
x