विश्व

खडेरीले हजारौँ हेक्टरमा लगाइएको धान नष्ट

इकागज |
भदौ ५, २०८० मंगलबार १५:२३ बजे

फाइल फोटो

कोलम्बो - श्रीलंकामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धान खेती नष्ट भएको छ । 

कृषिमन्त्री महिन्दा अमरावीराले धानका विरुवा खेतमा नै नष्ट भएका बताएउँदै देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने बताएका छन् । 


दक्षिण एसियाली देश श्रीलंकाको प्रमुख खाद्यान्न धान हो । यसको खेती वर्षमा दुई पटक गरिन्छ । यो याममा पाँच लाख तीन हजार हेक्टर (लगभग १,२४२,९४० एकड) भन्दा बढी धान खेती भएको र अहिले त्यसलाई भित्र्याइन थालेको मन्त्री अमरावीराले पत्रकारहरूलाई बताए । 

श्रीलंकाको मौसम विभागले  देशका केही स्थानमा दैनिक पानी पर्ने तथा अधिकांश ठाउँमा अर्को महिनाको अन्त्यसम्म सुक्खा रहने पूर्वानुमान गरेको छ ।
 


Author

थप समाचार
x