माडागास्करमा भागदौडमा परी १२ को मृत्यु
काठमाडौं। अफ्रिकी देश माडागास्करमा एउटा ठूलो दुर्घटना भएको छ । मेडागास्करमा आयोजित इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोहमा भागदौड मच्चिएको थियो, जसमा १२ जनाको मृत्यु हुन पुगेको छ ।
सो दुर्घटनामा परेका ८० जना घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय प्रहरीले जनाएको छ । राष्ट्रपतिले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जनतालाई मौन बस्न आह्वान गरेका छन् ।
विदेशी सञ्चारमाध्यमका अनुसार इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोह शुक्रबार मेडागास्करको बरिया स्टेडियममा भएको थियो । कार्यक्रममा करिब ५० हजार दर्शकको उपस्थिति रहेको थियो । सो क्रममा रंगशालाको प्रवेशद्वारमा भागदौड मच्चिएको थियो । भागदौडमा १२ जनाको मृत्यु भएको थियो ।
मेडागास्करका प्रधानमन्त्री क्रिस्चियन न्त्से अस्पताल पुगेका छन् । यस क्रममा उनले पत्रकारहरुलाई भने कि भागदौडमा करिब ८० जना घाइते भएका छन, जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया