विश्व

...अनि पिताले गरे डाक्टर छोरीको हत्या

इकागज |
भदौ १५, २०८० शुक्रबार ८:७ बजे

कराँची। पाकिस्तानमा एक पीताले डाक्टर छोरीको हत्या गरेका छन् । विवाहको विषयलाई लिएर मतभेद बढेपछि पिताले आफनो डाक्टर छोरीको हत्या गरेका हुन् । 

पाकिस्तानको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । 


सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको मियाँवालीमा भएको हो । सिद्रा खान आफ्नो सहकर्मी डाक्टरसँग विवाह गर्न चाहन्थे तर उनका बुबाले मानेनन् ।

सोही विषयमा बाबु र छोरीकाबीचमा आन्तरिक विवाद बढदै गए छि पिताले आफ्नो छोरीलाई गोली हानेका थिए । पिताले हानेको गोली लागेकी डाक्टर सिद्रालाई घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x