विश्व

क्यानडामा बालबालिकाका ९३ वटा शंकास्पद चिहान फेला

इकागज |
भदौ १६, २०८० शनिबार १४:५२ बजे

काठमाडौँ- फर्स्ट नेसनले क्यानडाको सास्काचेवानको एक पूर्व आवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाहरूको चिहान र १४ शिशु चिहान फेला पारेको बताएको छ ।

प्रत्येकलाई चिन्नका लागि ९३ वटा गुलावी झण्डा राखेर चिह्न लगाइएको थियो । यसले उत्तरपश्चिमका १६ वटा समुदायलाई प्रभाव पार्ने बताइएको छ । इङ्लिस रिभर फर्स्ट नेसनले आफ्नो ग्राउण्ड—पेनिट्रेटिङ राडार (जिपीआर) को खोज २ वर्षअघि सुरु भएको बताएको थियो । ब्युबल इण्डियन रेसिडेन्सियल स्कुल पहिलो पटक १८६० मा स्थापना भएको थियो । जो सय वर्षभन्दा बढी समय सञ्चालन भएको थियो ।



Author

थप समाचार
x