विश्व

क्यानडामा ४२० स्थानमा डढेलो, ६५ हजार बढी परिवार विस्थापित

इकागज |
भदौ १६, २०८० शनिबार १९:५८ बजे

काठमाडौँ- क्यानडाको धेरै जंगलहरूमा आगलागी भएको छ । पश्चिमी प्रान्तका ब्रिटिस कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरूमा डढेलो लागेको हो ।

खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रण बाहिर रहेको बताइएको छ । २४ घण्टामा करिब २० ठाउँमा डढेलो लागेको छ । धेरैजसो डढेलो चट्याङका कारण लागेका हुन् । देशभर ४२० स्थानमा डढेलो लागेको बताइएको छ । सरकारले ४ हजार २ सय बढी परिवारलाई जोखिम क्षेत्रबाट स्थानान्तरण गरेको छ ।


त्यस्तै ६५ हजार बढीलाई स्थानान्तरण गराउन आदेश दिइएको छ । डढेलोका कारण प्रभावित प्रान्तमा दुई हप्ता आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

ब्रिटिस कोलम्बियाले गत हिउँददेखि खडेरीको सामना गरिरहेको छ । उत्तरी क्षेत्रमा पानी नपर्दा आगो नियन्त्रणमा लिन झनै समस्या भएको बताइएको छ । सात दिनपछि मात्रै एकपटक दक्षिणी हावा बहेकोमा खुसी भएको मन्त्री एमएले बताए ।

डढेलो निभाउन सकिन्छ कि सकिँदैन भन्ने यकिन गर्नै गाह्रो भइरहेको उनले बताए ।


Author

थप समाचार
x