विश्व

अमेरिकी राष्ट्रपति बाइडन भोलि भारत आउँदै

इकागज |
भदौ २०, २०८० बुधबार ८:५ बजे

फाइल तस्बिर

नयाँदिल्ली- अमेरिकी राष्ट्रपति जो बाइडन भोलि भारत आउँदैछन । 

जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति बाइडन भोली बिहीबार भारत आउन लागेका हुन । 


अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन् ।

भारत आउने अन्तिम तयारीमा रहेका राष्ट्रपति बाइडनको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । अमेरिकाकी प्रथम महिला ७२ वर्षीय जिल बाइडनलाई सोमबार कोभिड पोजिटिभ भेटिएपछि ८० वर्षीय बाइडनको सोमबार र मंगलबार परीक्षण गरिएको थियो । र उनको रिपोर्ट नेगेटिभ आएको थियो । 

जेक सुलिभानले भने कि बिहीबार राष्ट्रपति बाइडन जी २० शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जानेछन् । शुक्रबार उनी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतवार जी–२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन् ।
 


Author

थप समाचार
x