थाइल्याण्डका नयाँ प्रधानमन्त्रीले राजाबाट गरे शपथग्रहण
काठमाडौँ - थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसन र उहाँको मन्त्रिमण्डलले राजा महा वजिरालोङ्कोर्न समक्ष शपथ ग्रहण गरेका छन् ।
फिउ थाइ पार्टीको नेतृत्वमा रहेको सरकारमा श्रेथासहित ३३ जनाको मन्त्रिमण्डल रहेको छ । समारोहमा गठबन्धनका प्रमुख ४ दल फेउ थाई, भुमजैथाई, पलाङ प्रचरथ र युनाइटेड थाइ नेशनका ६ उपप्रधानमन्त्रीसहित अन्य मन्त्रिपरिषदका मन्त्रीहरू र उपप्रधानमन्त्री सहभागी थिए । शपथग्रहणपछि सरकारी निवासमा सम्बोधन गर्दै श्रेथाले यो सरकार जनताको सरकार भएको र मन्त्रिपरिषद्का हरेक सदस्य जनताको प्रतिनिधिका रुपमा उपस्थित रहेको बताए । अर्थमन्त्रीसमेत रहेका उनले बुधबार मन्त्रिपरिषदको बैठक बस्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया