लिबियामा बाढीका कारण दुई हजार बढीको मृत्यु
काठमाडौँ - पूर्वी लिबियामा आइतवार आएको बाढीका कारण २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।
बाढीमा परी हजारौं मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताएका हुन् । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीम हम्मादले धेरै मृत्यु बन्दरगाह शहर डेरनामा भएको बताए । उनले देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेका छन् । त्यस्तै उपप्रधानमन्त्री अली अल गात्रानीले अन्तर्राष्ट्रिय सहायताको लागि आह्वान गरे । स्थानीय प्रशासनले मृतकको सम्झनामा तीन दिने शोक घोषणा गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया